August 7, 2007

Filed under: Uncategorized

 emoticonनिगम स्थगनले भाडा महँगियोemoticon

 

सञ्जय न्यौपाने

 

काठमाडौं, साउन २१ - यो पर्यटक सिजन होइन तर नेपाल आउने एक दर्जन अन्तर्राष्ट्रि्रय उडानमा एक सातासम्म एउटै टिकट छैन ।

कसैले बुकिङ रद्द गरे वा खाली सिट भेटिहाले नेपाल वायुसेवा निगमले किनिहाल्छ, टिकट बेचिएका करिब दुई हजार आफ्ना ग्राहकका लागि । राष्ट्रिय ध्वजावाहकले बुधबारदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको

छ । अरू उडानमा सिट खाली होला र जान पाइएला भन्ने आशामा यात्रु दिनहुँ निगम कार्यालय धाइरहेका छन् ।

निगमका प्रवक्ता राजु केसीका अनुसार तीमध्ये ५० भन्दा बढी यात्रुलाई दैनिक अन्य विमान कम्पनीबाट पठाउन सकिएको छ ।

६ मुलुकका ९ गन्तव्यमा दुई जहाजबाट उडान गर्दै आएको निगमको बिचल्लीले अन्तर्राष्ट्रिय उडानमा टिकटको माग बढेको छ । टिकट पाए पनि यात्रुले ३० प्रतिशतसम्म बढी भाडा तिर्नुपरेको छ । अधिकांंश विमान कम्पनीले ‘सस्तो टिकट’ बेच्न छाडेका छन् । सामान्य अवस्थामा प्रायः सबै कम्पनीले सस्तो र महँगो गरी ३ देखि ७ तहसम्मका टिकट बिक्री गर्छन् । एजेन्टहरूका अनुसार यसबीच ३० प्रतिशतसम्म भाडा फरक हुन पुगेको छ ।

‘मध्यपूर्व, अमेरिका, अस्ट्रेलिया र दिल्ली जाने टिकट पाउन सबभन्दा गाह्रोे भएको छ,’ नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर्स एजेन्ट्स -नाट्टा) महासचिव पवित्र कार्कीर्ले भने । उनका अनुसार बैंकक, दोहा, बहराइनजस्ता ठाउँसम्म यात्रु पुर्‍याउन सके त्यहाँबाट ‘कनेक्टिङ फ्लाइट’ मिलाउन अप्ठ्यारो हुँदैन ।

‘सिट पाएसम्म बढी यात्रुलाई ‘रिरूट’ गरेर पठाउने व्यवस्था गरेका छौं,’ केसीले भने । सबै यात्रु भाग्यमानी भने हुँदैनन् । त्यस्ताले अर्को दिन कुनै उडानमा सिट प्रतीक्षा गर्नुपर्छ ।

निगमको एउटा बोइङ ‘ओभरहल’ गर्न बुधबार बु्रनाई पठाइएको छ । दोस्रो बोइङ इन्जिनको समस्याले विमान स्थलमा थन्किएको छ । ७/८ महिनादेखि समस्या आउँदा पनि निगमले इन्जिन बनाउनेे निर्णय गर्न सकेको छैन । अर्को एक जगेडा इन्जिन राखेबापत हङकङकोे एक कम्पनीलाई १६ महिनादेखि मासिक २५ हजार हङकङ डलर -दुई लाख रुपैयाँ) भाडा तिरिरहेको छ । इन्जिनको महत्त्वपूर्ण पार्ट मोड्युल-४ चीनको एमिको कम्पनीसँग छ । मर्मतको रकम नतिरेकालेे त्यो पार्ट आउन सकेको छैन । ‘मोड्युल भएको भए यतिछिटै जहाज ग्राउन्डेेड हुँदैनथ्योे,’ निगमका एक अधिकृतले भने ।

इन्जिन चार्टर गरी ल्याइने

‘ओभरहल’ का लागि ब्रुनाईमा रहेको बोइङको एउटा इन्जिन ‘चार्टर’ गरी मंगलबार काठमाडौं ल्याइँदैछ । त्यो इन्जिन यहाँ थन्किएको जहाजमा ‘फिट’ गरी शनिबारदेखि उडाउने तात्कालिक योजना निगमले गरेको निर्देशक केसीले बताए । इन्जिन ल्याउन सिंगै जहाज चार्टर गर्न करिब १ लाख अमेरिकी डलर लाग्ने छ । इन्जिन ‘ओभरहल’ गर्न करिब डेढ महिना लाग्ने भएकाले हङकङमा थन्किरहेको इन्जिन बन्न भ्याउने अवस्था छैन ।

|||:::: You are hearly Welcome to in GlobalLamjung blogs web site Thank you-Bishor[यहाँ हरु लाई यो साअएट मा स्वागत छ ।] ::::|||